Sunday, November 6, 2011

औद्योगीक ब्यापार मेला तथा पर्यटन महोत्सवलाई सफल पार्ने प्रतिबद्धता



दिपक घिमिरे
भैरहवा १९ कार्तिक
नेपाल राष्ट्रिय उद्योग व्यापार संगठन रुपन्देहीको आयोजनामा भैरहवामा हुन लागेको दोश्रो
राष्ट्रिय औद्योगीक ब्यापार मेला कृषि तथा पर्यटन महोत्सव २०६८ लाई रुपन्देहीका राजिनैतिक दल, सरकारी कार्यालय तथा बिभिन्न संघ सस्थाले पुर्ण रुपमा सफल बनाउन सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।
भैरहवा स्थित शिद्धार्थ रगंशालामा हुने महोत्सव सम्पुर्ण रुपन्देहीबासीको महोत्सव भएकोले महोत्सवलाई सहयोग पु¥याउने प्रतिबद्धता जनाएका हुन् ।
स्वाधीन अर्थतन्त्र निमार्णका लागी औद्योगीकरण तथा ब्यापार विविधीकरण भन्ने मुल नाराकासाथ आगामी मंसिर २ गते देखी १२ सम्म हुन लागेको महोत्सवले नयां नयां उद्योगी उत्पादन गर्नु पर्नेमा जोड दिएका छन् ।
महोत्सव मनोरञ्जन र व्यापार गर्नका लागि मात्रै गरिनु भन्दा नयां नयां उद्योगि उत्पादन गर्नु र बिभिन्न बस्तुको प्रदशनिमा जोड दिने लक्ष्य राखिनु पर्ने बताएका छन् ।
नेपाल राष्ट्रिय उद्योग व्यापार संगठन रुपन्देहीले भैरहवामा आयोजना गरेको महोत्सव सम्बन्धी छलफल तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै रुपन्देहीका प्रमुख जिल्ला अधिकारी लक्ष्मण कुमार थापाले महोत्सव सफल पार्नका लागि प्रशासनले पुर्ण रुपमा सहयोग गर्ने बताउदै महोत्सव अबिधीभर शान्ती शुरक्षको पुर्ण प्रत्याभुति दिलाउने प्रतिबद्धता व्याक्त गरे ।
कार्यक्रममा सिद्धार्थनगर नगरपालिका कार्यकारी प्रमुख भोजेन्द्र कुमार क्षेत्रीले पर्यटन महोत्सवलाई नगरपालिकामले पुर्ण सहयोग गर्ने बताए ।
कार्यक्रममा जिल्ला बिकास समिती रुपन्देहीका प्रमुख ईन्जीनियर माधवजंग कार्की, सिद्धार्थनगर उद्योग बाणिज्य संघ रुपन्देहीका अध्यक्ष मेहेन्द्र कुमार श्रेष्ठ, बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष सुरेन्द्र प्रसाद श्रेष्ठ, सिद्धार्थ यातायात व्यावसायि संघका बरिष्ठ उपाध्यक्ष सुनिलराज बिष्ट, रुपन्देहीका व्यापार संघका उपाध्यक्ष श्रीकृष्ण पोखरेल, सिद्धार्थ डेभलपमेण्ट बैक लिमिटेडका प्रबन्धक सरोज ज्ञवाली, एकिकृत नेकपा माओवादीका यज्ञ पोखरेल, मधेशी जनाधिकार फोरमका प्रतिनीधि, अञ्चल प्रहरी कार्यालय लुम्बिनीका प्रमुख   बम बहादुर भण्डारी, शशस्त्र प्रहरी बल सिमा शुरक्षा कार्यांलय भैरहवाका प्रमुख उत्तमराज थनेत लगाएतले बोल्दै महोत्सवलाई सम्पुर्ण कोणबाट सहयोग गर्ने बताए ।
पर निर्भर अर्थतन्त्रलाई आत्म निर्भर अर्थतन्त्रमा रुपान्तरण गरी साना तथा घरेलु
उद्योग र ब्यापारलाई प्रोत्साहन गर्न महोत्सवको आयोजना गर्न लागिएको महोत्सवमा २ सय ४० स्टलहरु राखिनुका साथै कालो पलाष्टिकलाई हटाई नेपालीले उत्पादन गरेको पातको टोपरीलाई प्रत्साहन दिइने छ । संगठनका अध्यक्ष मनिष कुमार जोशिको अध्यक्षता, उपाध्यक्ष खेमनारायण पराजुलीको स्वागत  तथा सचिव बसन्त ज्ञवालीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्

Followers

About Me

My photo
butwal, lumbinu, Nepal
design krishna pariyar radio jagaran techniciean incharge