हाम्रो बारेमा About us


जागरण मिडिया सेन्टरद्धारा संञ्चालित रेडियो जागरण एक सामुदायिक रेडियो हो । मिडिया क्षेत्रमा लामो समय देखि लागेका अनुभवी पत्रकारहरु समाजसेवी र वुद्धिजीवीहरुको सामूहिक प्रयासवाट स्थापना गरिएको यो रेडियो जागरण ऐतिहासीक नगरी तथा व्यापारिक केन्द्र बुटवल नगरपालिका वाड नं ११ कालिकानगर जागरण चोकमा अवस्थित छ ।



आवाज विहीनहरुको आवाज भन्ने मूल नारालाई आत्मासात गर्दै राज्यद्धारा पछाडि पारिएका सवै वर्ग, जाती, भाषाभाषीको आवाजलाई बुलन्द गर्दै सामाजिक न्याय र समानताका लागि नयाँ नेपाल निमार्णमा उपेक्षित समुदायको पहुच पु¥याउन सचेतनाको सन्देश छर्दै जागरुकताका लागि प्रेरित गर्ने एक श–सक्त माध्यम बनाउने मूल उद्देश्य साथ रेडियोको स्थापना गरिएको हो । देशमा वढ्दै गईरहेको विकृति विसंगतिलाई हतोत्साहित गर्दै अन्धविश्वास रुढिग्रस्त यथास्थितिवादी चिन्तन र संस्कारलाई विस्थापीत गरि नयाँ अग्रगामी वैज्ञानीक सोच र अवधारणलाई स्थापित गर्ने संवाहक बन्ने अभियानमा रेडियो तदारुकताका साथ लागिरहकोे छ ।
आर्थिक विकास बिना देश विकासको कल्पना गर्नु कोरा कल्पना मात्र हुन्छ भन्ने मान्यतालाई आत्मासात गर्दै स्वदेशी उद्योग, व्यापार, ब्यवसायलाई टेवा पुग्नेखालका अर्थ उद्योग, र वाणिज्य संग समेटिएका रोचक कार्यक्रमहरु प्रस्तुत गर्दै सूचना र विज्ञापनको माध्यमवाट स्वदेशी उद्योग व्यवशाय ब्यापारलालाई प्रवर्धन गर्ने महत्वर्पूण भूमिका निवार्ह गर्ने उद्देश्य समेत यस रेडियोले लिएको छ ।
परिकल्पकाना 
सबै प्रकारका विभेद रहित समतामूलक समाजको निर्माण ।
ध्येय 
रेडियो जागरण यस क्षेत्र ( रुपन्देही, कपिलवस्तु र नवलपरासी ) मा जातीय, भाषिक, वर्गीय, क्षेत्रीय, धार्मिक, लैगिक र राष्ट्रियताका आधारमा गरिने कुनै पनि किसिमका विभेदविरुद्ध सामाजिक आन्दोलनका रुपमा क्रियाशील रहनेछ ।
लक्ष्य 
सामाजिक रुपान्तरण तथा न्यायपूर्ण समाजको निर्माणमा योगदान पु¥याउने ।
उद्देश्यहरु
१. सबै प्रकारका विभेद रहित समातमुलक समाजको निर्माण गर्नेछ ।
२. प्रसारण पुग्ने क्षेत्रमा जातीय, भाषिक, वर्गीय, क्षेत्रीय, धार्मिक, लैगिक र राष्ट्रियताका
आधारमा गरिने कुनै पनि किसिमका विभेदविरुद्ध सामाजिक आन्दोलनका रुपमा
क्रियाशील रहनेछ ।
३. सामाजिक रुपान्तरण तथा न्यायपूर्ण समाजको निर्माण योगदान पु¥याउनेछ ।
४. समावेशी आवाजको प्रतिनिधित्व गर्दै राज्यमा उपेषित वर्गको समान पहुँचका लागि
संवाहकको भूमिका निर्वाह गर्नेछ ।
५. समाजमा रहेका विकृति, विसंगति, अन्धविश्वास र रुढीग्रस्त चिन्तनलाई विस्थापित
गर्दै र वैज्ञानिक धारणालाई स्थापित गर्नेछ ।
६. सत्य–तथ्यमा आधारित समाचार सम्प्रेषण गर्नेछ ।
७. सूचनाबाट सुसूचित हुनबाट बञ्चित ग्रामीण समुदायलाई सूचित गराउनेछ ।
८. उद्योग, व्यवसाय र सेवा प्रबद्र्धनका लागि कार्यक्रम व्यवसायिक सन्देश सूचना आदि सन्देश सम्प्रेषण गर्नेछ ।
क्षमता
१ प्रसारण क्षमता–५०० watt
२ प्रसारण प्रभाव क्षेत्र– रुपन्देही, कपिलवस्तु ,नवलपरासी, पाल्पा, अर्धाखाची, दाङ
लगायत यस आसपासका केहि क्षेत्र र यो ब्लॉग मार्फ़त संसार भर
३ प्रसारण प्रभाव जनसंख्या –लगभग – २० लाख
४ फ्रिक्वेन्सी –९३.६ मेगाहर्ज ।

Followers

About Me

My photo
butwal, lumbinu, Nepal
design krishna pariyar radio jagaran techniciean incharge