रेडियो जागरण ९३.६ मेगाहर्ज बुटवल -११ ,कालिकानगर ,रुपन्देही ,नेपाल 071-438068,071-437051
Monday, October 24, 2011
Sunday, October 16, 2011
साहले आजै राजीनामा दिने
एकीकृत नेकपा माओवादीले हिन्दु युवासंघ पर्साका अध्यक्ष काशीनाथ तिवारीको हत्यामा संलग्न रहेको आरोप लागेका पार्टी केन्द्रीय सदस्यसमेत रहेका भूमिसुधार तथा व्यवस्थामन्त्री प्रभु साहलाई पदमुक्त गर्ने निर्णय गरेको छ ।
अध्यक्ष प्रचण्ड र उपाध्यक्ष एवं प्रधानमन्त्री डा. बाबुराम भट्टराईबीच आज बिहान भएको छलफलले त्यस्तो निर्णय भएको हो । प्रचण्ड निवास नयाँ बजारमा भएको भेटमा हत्या आरोपमा विवादमा तानिएका साहलाई विपक्षीहरुको मागअनुसार पदबाट हटाउने निर्णय भएको हो ।
छलफलमा मन्त्री साह पनि सहभागी हुनुहुन्थ्यो । छलफलले हत्यामा साहको संलग्नता भने नरहेको निष्कर्ष निकालेको छ ।
यस्तै मधेसका २२ जिल्लाका जनताले नेपालबाट अलग हुने निर्णय गरे मुलुकको कुन ऐन र कानुनले रोक्न सक्छ भन्ने विवादास्पद अभिक्तव्यक्ति दिने रक्षामन्त्री शरतसिंह भण्डारीलाई पदबाट हटाउने विषयमा निर्णय लिन सम्बन्धित पार्टी र मधेसी मोर्चालाई जिम्मा दिने निर्णयसमेत भएको छ ।
माओवादीले भण्डारीलाई टाउन आग्रह गरेपछि मधेसी मोर्चाले साहलाई पनि हटाउनु पर्ने सर्त अघि सारेको थियो । स्रोतका अनुसार प्रधानमन्त्री भट्टराईले साहलाई आजै मन्त्रीपदबाट भण्डारीलाई राजीनामा गर्न लगाएर अबरुद्ध संसद् सुचारु गर्न कांग्रेस एमालेलाई आग्रह गर्न लाग्नुभएको छ ।
विपक्षी कांग्रेस र एमालेले यसअघि विवादित मन्त्रीद्वय साह र भण्डारीलाई नहटाएसम्म संसद् अबरुद्ध गरिरहने चेतावनी दिएका थिए । माओवादी स्थायी समिति बैठकले केही दिनअघि साहमाथि राजनीतिक पूर्वाग्रहका आधारमा हत्या आरोप लगाइएको ठहर गर्दै आरोप लाग्दैमा राजीनामा दिनुनपर्ने निर्णय गरेको थियो ।
Friday, October 14, 2011
सिद्धबाबा पहिरोको कथा
विनोद परियार
। लुम्बिनी अञ्चलको तराई र पहाड जोड्ने एक मात्र सडक हो, सिद्धार्थराजमार्ग । हिउ“दसम्म सहज हुने यो मार्गको यात्रा बर्षायाम लागेपछि भने मृत्यूसंग पौठेजोरी खेल्नु जस्तै हुन्छ । छिनछिनमा पहिरोकै कारण बाटो अबरुद्ध हुन्छ,यात्रा गरिरहेकै बखत माथिबाट पहिरो खस्दा त्यहि च्यापिएर ज्यानै जान जान्छ, अनि कहिलेका“ही चिप्लिएर गाडि तिनाउ खोलासम्म पुग्दा मानिसहरु क्षत विक्षत भएका घटना सम्झदा गाडि होईन पैदल हिडेर जानेहरु धेरै भेटिन्छन् ।

यो क्षेत्रको कृष्णभिर भनेर चिनिने यो सडकखण्डको सिद्धबाबा पहिरोकै कारण नया मार्ग निर्माणको तयारी समेत थालिएको छ । बर्षायाममा मृत्यूसंगै पार गर्नुपर्ने सिद्धबाबाको पहिरोले यो बर्ष भने गत बर्षहरुमा जस्तो दुःख दिएको छैन । हल्का पानी पर्नासाथ पहिरो खसेर बाटो अबरुद्ध हुने समस्या यो बर्ष गत बर्षको तुलनामा न्यून छ । बुटवलदेखि पाल्पा तिर या पाल्पाबाट बुटवलतिर यात्रा गर्नुपरेमा सिद्धबाबाको पहिरो कसरी कट्ने होला भनेर दुईदिनअघिदेखि पिरोल्लीनुपर्छ ।
धेरैको लागि पिडादायक बनेको सिद्धबाबाको पहिरोले यो बर्ष गत बर्षको तुलनामा निकै कम मात्रा खसेको छ । जसका कारण यात्रा सहज भएको छ । पश्मिाञ्चल सडक डिभिजन कार्यालय बुटवलका ईन्जिनियर जयलाल मरासिनी कारण बताउदै भन्छन् – ‘बायो ईन्जिनियरिङ प्रविधि र मानविय चेतना मुख्य कारण हो ।’
कुनैबेला पहिरो खस्ने पहाड नसकिदासम्म पहिरो व्यवस्थापन नहुने भन्दै पहाडै खसाल्ने योजना बनाएको सडक विभागले बायो ईन्जिजियरिङ र सिभिल ईन्जिनियरिङ दुवै प्रविधिलाई आत्मसाथ गर्दै काम अगाडि बढाएपछि यो बर्ष पहिरो झर्न कम भएको हो ।

ईन्जिनियर मरासिनीका अनुसार बायो ईन्जिनियरिङ प्रविधि अन्तर्गत गत बर्षबाटै पहिरो खस्ने भाग जतिलाई डोजर प्रायोग गरि खसालिएको र सेलेब (पानी तैरिने गरि काटिएको ) बनाएको र पहिरो खसेका क्षेत्रमा बृक्षारोपिण गरिएको थियो ।
जसका कारण माटो बग्न नपाएकाले यो बर्ष पहिरो झर्नमा कम भएको हो । तर अझै पनि पहरोले आगेटेको एक सय मिटर क्षेत्र सुरक्षित भने छैन । सडक विभागले बार्षिक लाखौं रुपैया“ खर्च गरेर सिद्धबाबाको पहिरो नियन्त्रणको प्रयास गरेपनि पहिरो रोकिन कम भएको थिएन । तर गत बर्षदेखि भने नया“ प्रविधि अनुसार पहिरोको ब्यवस्थापन गर्न थालिएपछि पहिरो झर्नमा कम भएको ईन्जिनियर मरासिनीको दावी छ ।

‘बायो ईन्जिजियरिङ प्रविधि र सिभिल ईन्जिनियरिङ दुवै प्रविधि अनुसार काम भएकाले यो बर्ष पहिरो रोकिएको हो’ बायो सम्बन्धि तालिम समेत लिएका ईन्जिनियर मरासिनीले भने ‘त्यो संगै मानिसहरुमा समेत चेतना बढेको छ अर्को कुरा प्राकृतिक रुपमा समेत बोटविरुवा हुर्केका छन्।’
धेरैको दशा बनेको सिद्धबाबाको पहिरो व्यवस्थापनका लागि बायो प्रविधि अन्तर्गत सडक विभागले गत बर्ष एक हजार बढि रुखहरु रोपेको थियो । माटो बसाउन बा“स, वर,सिसौं,खयर लगायतका बिरुवा लगाईएको छ । बायो ईन्जिनियरिङ प्रविधिमा माटो बग्न नदिईने उपाय अपनाईन्छ, जस्तै बोटा विरुवा रोप्ने,पानी बग्नलाई सहज हुन पहिरो खस्ने भागलाई सेलेब बनाईने लगायतका काम गरिन्छ । सिभिल ईन्जिनियरिङ अन्तर्गत तटबन्ध,पर्खाल लगाउने जस्ता कामहरु गरिने ईन्जिनियरहरुको भनाई छ ।
सडक विभागले नया“ प्रविधिबाट पहिरो ब्यवस्थापनको रणनिति बनाएपछि स्थानिय वन उपभोक्त समति एंव गाउलेहरुमा समेत पहिरो नियन्त्रणका लागि मानविय सचेतना समेत बढेकाले त्यस क्षेत्रमा वनजंगल हुर्काउनुपर्छ भन्ने मान्यताको विकास भएकााले सहजता आएको बताईएको छ । सडक विभागले यो प्रविधिबाट पहिरो नियन्त्रणका लागि २ करोड रकम छुट्टाएको छ ।

‘अघिल्ला बर्षहरुमा दिनहु“जसो पहिरो ब्यवस्थापनको झन्झट भईरहन्थ्यो यो बर्ष धेरै न कम भएको छ’ विभागका अधिकृतहरुले भने ।यो बर्ष पहिरो खस्न कम भएपछि गत बर्षभन्दा खर्च समेत घटेको सडक डिभिजन कार्यालयले जनाएको छ ।
अघिल्ला बर्षहरुमा पहिरो हटाउन मात्रै करिब ३० लाख र ब्यवस्थापनको लागि झन्डै एक करोड प्रतिबर्ष खर्च हुने गरेको थियो । तर यो बर्ष भने त्यसको तुलनामा आधा खर्च घटेको छ । नया“ प्रविधिले पहिरो नियन्त्रणमा आएको बताउदै कुनै भबितब्य नभए यो बर्ष सिद्धबाबाको पहिरोले दुःख नदिने सडक विभागका प्रमुख,एंव ईन्जिनियरहरुको दावी छ ।
Subscribe to:
Posts (Atom)
Followers
About Me
- krishna pariyar
- butwal, lumbinu, Nepal
- design krishna pariyar radio jagaran techniciean incharge